Kishore Kumar Hits

Basanta Sapkota - Nayan Bhari şarkı sözleri

Sanatçı: Basanta Sapkota

albüm: Nayan


नयनभरि सजाइराखूँ भन्थेँ तिमीलाई
मनभरि साँचिराखूँ भन्थेँ तिमीलाई
तर किन धोका दियौ मेरो साँचो मायालाई?
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई

खुशी चाहेँ, पीडा दियौ, हाँसो चाहेँ, आँसु दियौ
यति भए पुग्यो होला तिमीलाई
कस्तो वैरी रैछौ तिमी, दुख्छ पनि नठानी
टुक्रा-टुक्रा पारी छुट्यायौ मलाई
टुक्रा-टुक्रा पारी छुट्यायौ मलाई
अझै खुशी मिल्छ भने थपिदेऊ चोटमाथि चोट मलाई
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई

दर्दमाथि दर्द थप्यौ, व्यथामाथि व्यथा मलाई
सुनाएथेँ हृदयको कथा तिमीलाई
तर तिमी कठोर रैछौ, उडाइदियौ खिल्ली मलाई
टुक्रा पार्यौ सबै मेरा आसहरूलाई
टुक्रा पार्यौ सबै मेरा आसहरूलाई
अझै शान्ति मिल्छ भने थपिदेऊ चोटमाथि चोट मलाई
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई
नयनभरि सजाइराखूँ भन्थेँ तिमीलाई
मनभरि साँचिराखूँ भन्थेँ तिमीलाई
तर किन धोका दियौ मेरो साँचो मायालाई?
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई
घात दियौ मेरो जीवनलाई, धोका दियौ मेरो मायालाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar