रीत बिना आउने सपनाहरूलाई जतनले राख्न म कहाँ सक्छु बसन्त बिना फक्रिने फूललाई होसले सिहार्न म कहाँ सक्छु अनुरोध बेगर हाँस्न थाल्छन् नजरका कोमल फूलहरू जताततै झरेको देख्छु फूलका रङ्गिन जोवनहरू परेलीले थुन्दै आँशुका भेललाई तस्वीर खिच्न म कहाँ सक्छु रित्तो गिलासमा जिन्दगी भर्दै त्यो रुप पिउन म कहाँ सक्छु लुकामरी गर्छन् हरेक रात यौवनका मीठा सपनाहरू ढलेर मर्छन् हरेक साँझ बैँसका तल्लिन उमेरहरू भीडमा खस्ने त्यो तिम्रो हाँसो अञ्जुलीमा थाप्न म कहाँ सक्छु किनारै बेगर बेगेको त्यो लाज बाँधले छेक्न म कहाँ सक्छु