किन आउँछ पुरानो कुरा मलाई सताउन मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन बैरीले पनि नदिने दुःख दियो यो मायाले जीवनभरि छोडेन मलाई बैगुनू छायाले रजनीगन्धा वासना आउँछ रातिमा ब्यूँझाउन मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन बर्खाको खोला सुसाए जस्तो उर्लिने भावना उमङ्ग छुटे जंघार पारी बाँकी छ वेदना सुसेली हाल्दा प्रितिको भाका जानिन फर्काउन मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउदैन