फुल्न जानिन म झुल्न जानिन हाँसो आयो कता कता हाँस्न पाइन रुन आयो सधैँ सधैँ रुन जानिन मेरो एक सार छ हृदयको भार अर्को मेरो सार छ जीवनको भार दोबाटोमा एउटा बाटो रोज्न सकिन तर हिंड्नै पर्ने मैले बस्न सकिन अँध्यारोमा चन्द्र तारा तोड्न सकिन खोज्दै गाँस्दै मैले माया लाउन सकिन म बद्लेर गुनासोलाई फेर्न सकिन झर्ने फूल हेरी मन थाम्न सकिन