सोझो मन साटें आफैंलाई ढाँटें सम्झनामा कल्पी मैले रात सिंगै काटें आकाश सारा डढे जस्तो चन्द्र तारा बगे जस्तो पृथ्वीको हृदयमा ज्वालामुखी फुटे जस्तो वसन्तले ठगे जस्तो सिमाना नै टपे जस्तो प्रकृतिको सौन्दर्यमा दागैदाग लागे जस्तो रंगरूप उडे जस्तो मायामोह छुटे जस्तो लाग्छ सुखशान्तिभित्र अँध्यारोमा डुबे जस्तो