मर्छु र म डुङ्गा बन्छु आउँदा नदी तार्न सकुँ मर्छु र म सम्झना हुन्छु आउँदा आँसु झार्न सकुँ व्यथा उसको आफ्नैमा म त खाली मर्म छुन्छु दर्द उसको आफ्नैमा म त खाली पीडा हुन्छु मुटुको धुक्धुकी उस्कै म त खाली भित्र हुन्छु हाड छाला मासु उस्कै म त खाली चित्र हुन्छु दिल उस्को आफ्नै आफ्नै म त खाली आँखा हुन्छु गीत उस्को आफ्नै आफ्नै म त खाली भाखा हुन्छु