Kishore Kumar Hits

Anuprastha - Din şarkı sözleri

Sanatçı: Anuprastha

albüm: Din


दिन त्यो पनि थियो
जब हाम्रो क्षण अँगालोमा बित्यो
दिन यस्तो पनि रहेछ
छुटिएर पनि बाँच्नुपर्यो
मेरो झैँ तिम्रो पनि
बाध्यता थियो होला
एकआपसको बिछोडमा पनि
तिमी पनि त रोयौ होला
अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो यो शून्यतामा (and the winner is Anuprastha)
बिलाउनु थियो, बिलाई गयो
कोही छैन अब मेरो अर्थना सुन्ने
कोही छैन अब मेरो अर्थना सुन्ने
जीवनमा एक्लो थिएँ, एक्लो नै हुन्छु
र अभिशप्त यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
जिजीविषा मेरो शून्यतामा
बिलाउनु थियो, बिलाई गयो
त्यसैले नै अब तिमी फर्क न
त्यसैले नै अब तिमी फर्क न
आउने आसमा नै बाँचिरहनेछु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar