हो, मुस्कान तिम्रो देखेसी लाग्यो मोहनी सम्झीसम्झी, सानु, तिमीलाई बित्यो बिहानी तिम्रो काख मेरो लागि बनोस् सिरानी सम्झीसम्झी, सानु, तिमीलाई बित्यो बिहानी हँ, कतिन्जेल बस्नु अझै चिट्ठी लेखेर धेरै कुरा भन्नु छ नि तिमीलाई भेटेर साँझपख भेट्न आउनू घरमा ढाँटेर बसौँला नि कुरा गर्दै माया साटेर हो, चौतारीमा आउँछ्यौ भनेर त्यही बाटो पर्खेँ म आइनौ तिमी, आसै मर्यो, आफ्नै बाटो फर्केँ म लागेँ म त आफ्नै बाटो आसै नराखी छाडिजाने मायालाई सम्झना छ बाँकी लागेँ म त आफ्नै बाटो आसै नराखी छाडिजाने मायालाई सम्झना छ बाँकी सम्झना छ बाँकी सम्झना छ बाँकी JK चोली र पटुकी चट्ट सुहाउने किन हो यति चाँडै झट्टै रिसाउने? तिम्रो नाम लिएर मलाई सबले जिस्काउने फेरि, "आउँछु, आउँछु, आउँछु" भनी सधैँ पर्खाउने तिम्रो र मेरोबारे हल्ला भो नि गाउँभरि "भेट्न् आऊ" भन्दा बहाना सधैँ नौथरी कतिन्जेल बस्नु तिम्रो वरिपरि भौँतारी? टाढिन्छौ कि भनी डर पो लाउँछ नि किन हो तिमी बोल्दिनौ आजकाल? म तिम्लाई सम्झेर टोलाउँछु रातभर मैले नबोलाए बोल्न हुन्न र? मनका कुरा खोल्न हुन्न र? हो, चौतारीमा आउँछ्यौ भनेर त्यही बाटो पर्खेँ म आइनौ तिमी, आसै मर्यो, आफ्नै बाटो फर्केँ म लागेँ म त आफ्नै बाटो आसै नराखी छाडिजाने मायालाई सम्झना छ बाँकी लागेँ म त आफ्नै बाटो आसै नराखी छाडिजाने मायालाई सम्झना छ बाँकी सम्झना छ बाँकी सम्झना छ बाँकी