ओ (ला-ला-ला, ला-ला-ला) आ (ला-ला-ला, ला-ला-ला) म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक, चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक, चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु जहाँ बोली मात्र छ, व्यवहार छैन जहाँ मान्छेलाई मान्छेले मान्छे सोचिन्न जहाँ बोली मात्र छ, व्यवहार छैन जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न म यस्तो नगरमा कसरी रमाउँछु? त्यसैले अलग्गै दुनियाँ सजाउँछु मलाई धारामा रोक, चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु मेरो भगवानलाई मेरै छातीमा सजाउँछु मलाई धारामा रोक, चाहे मन्दिरमा छेक म आफ्नै बेग्लै संसार बनाउँछु आमा, मलाई कहाँ जन्म दियौ? यो संसारमा म जिउन सकिन बाबा, मलाई कस्तो कर्म दियौ? यो दुनियाँमा म रम्न सकिन ए आमा, मलाई कहाँ जन्म दियौ? यो संसारमा म जिउन सकिन ए बाबा, मलाई कस्तो कर्म दियौ? यो दुनियाँमा म रम्न सकिन