Kishore Kumar Hits

Pramod Kharel - Timilai Maya Garne Mutu şarkı sözleri

Sanatçı: Pramod Kharel

albüm: Santosh


तिमीलाई माया गर्ने मुटु बरु फेर्न पाए हुन्थ्यो
ह, तिमीलाई माया गर्ने मुटु बरु फेर्न पाए हुन्थ्यो
न सम्झना आउँथ्यो न तिमीलाई सम्झी रुन्थ्यो
उसको बनी तिमी खुशी छौ होला त्यता
तिम्रै यादमा सायद पागल हुन्छु होला म त

भन्थ्यौ पहिला, "तिमी र म छुट्न नपरोस्
मेरो कारण तिम्रा आँसु कहिल्यै नझरोस्"
हो, भन्थ्यौ पहिला, "तिमी र म छुट्न नपरोस्
मेरो कारण तिम्रा आँसु कहिल्यै नझरोस्"
झूटो रैछ तिम्रो माया, बाचा, कसम तोडी गयौ
तिम्रै हुँ म भन्दा पनि किन मलाई छोडी गयौ?

तिम्रो सम्झनाले मलाई सताउँछ किन?
बिर्स भन्छ यो मनले, भुल्नै सक्दिन
ह, तिम्रो सम्झनाले मलाई सताउँछ किन?
बिर्स भन्छ यो मनले, भुल्नै सक्दिन
तिम्रै यादमा तड्पिएर कति बगाऊँ यी आँसु?
आफ्नो भन्नु कोही छैन, कसको लागि म बाँचूँ?
तिमीलाई माया गर्ने मुटु बरु फेर्न पाए हुन्थ्यो
ह, तिमीलाई माया गर्ने मुटु बरु फेर्न पाए हुन्थ्यो
न सम्झना आउँथ्यो न तिमीलाई सम्झी रुन्थ्यो
उसको बनी तिमी खुशी छौ होला त्यता
तिम्रै यादमा सायद पागल हुन्छु होला म त

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar