Kishore Kumar Hits

Pramod Kharel - Jaslai Dherai Maya Garthe şarkı sözleri

Sanatçı: Pramod Kharel

albüm: Santosh


तिमीले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?

जसलाई धेरै माया गर्थेँ उसैले रुवायो मलाई
हो, जसलाई धेरै माया गर्थेँ उसैले रुवायो मलाई
मैलेभन्दा धेरै माया गर्यो होला उसले तिमीलाई, गर्यो होला उसले तिमीलाई
तिमीले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?
आफ्नो भनूँ कसलाई यहाँ पराई तिमी भए पछि?
यति माया गर्दा पनि तिमीले छोडी गए पछि

दिन्छु तिमीलाई भन्दिन म आकाशका तारा नि
संसारका खुशी दिन्थेँ होला भएका सारा नि
दिन्छु तिमीलाई भन्दिन म आकाशका तारा नि
संसारका खुशी दिन्थेँ होला भएका सारा नि
मेरो मुटु, मेरो धड्कन, मेरो सारा खुशी नै थियो
नाता तोडी एक्लो पारी मलाई छोडी कहाँ गयौ?
म माया गरिरहन्छु तिमी टाढा भए पनि
I love you, I love you, love you
I love you, I love you, love you

तिमीले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी?

डाली बसी नगाऊ, कोइली, विरह भाका नि
उनलाई सम्झी न्याउलीसँगै रुन्छन् यी आँखा नि
डाली बसी नगाऊ, कोइली, विरह भाका नि
उनलाई सम्झी न्याउलीसँगै रुन्छन् यी आँखा नि
जसलाई धेरै माया गर्थेँ उसैले रुवायो मलाई
हो, जसलाई धेरै माया गर्थेँ उसैले रुवायो मलाई
मैलेभन्दा धेरै माया गर्यो होला उसले तिमीलाई, गर्यो होला उसले तिमीलाई
तिमीले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी?
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी? (आफ्नो भनूँ कसलाई यहाँ)
तिमीले साथ छोड्यौ, अन्तै नाता जोड्यौ, म हाँसूँ कसरी? (पराई तिमी भए पछि? यति माया गर्दा पनि)
चोखो माया गर्दा तिमी टाढा भयौ, म बाँचूँ कसरी? (तिमीले छोडी गए पछि)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar