Kishore Kumar Hits

Melina Rai - Ke Bhanu Hajura şarkı sözleri

Sanatçı: Melina Rai

albüm: Ke Bhanu Hajura


ए, मेरी रानीलाई के भनौँ, हजुर?
ए, म त हजुरकै रानी हुँ, जे भन्नुस्, हजुर

लजाउँदै मुस्कुराई जानीलाई
लजाउँदै मुस्कुराई जानीलाई
तँ भनौँ कि के भनौँ रानीलाई?
मन्दिरलाई गजुर
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
हजुरकै रानी हुन्, जे भन्नुस्, हजुर
ओइ, जे भन्नुस्, हजुर
गाजल लाएँ हुनलाई चिटिक्कै
गाजल लाएँ हुनलाई चिटिक्कै
राम्री भएँ कि भइन, ओइ, फिटिक्कै?
मन्दिरलाई गजुर
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
हजुरकै राजा हुँ, जे भन्नुस्, हजुर
होइ, जे भन्नुस्, हजुर

यो दिलैमा पिरती सारेमा
यो दिलैमा पिरती सारेमा
लाउँथेँ पुराण मायाकै बारेमा
मन्दिरलाई गजुर
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
हजुरकै रानी हुन्, जे भन्नुस्, हजुर
ओइ, जे भन्नुस्, हजुर
जे भन्नु छ राजाको हुकुम
जे भन्नु छ राजाको हुकुम
बढ्यो धड्कन, के गरी रुकूँ?
मन्दिरलाई गजुर
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
हजुरकै राजा हुन्, जे भन्नुस्, हजुर
होइ, जे भन्नुस्, हजुर

पर्छौ भने मायाको भर
पर्छौ भने मायाको भर
यो दिलैको दरबारमा राज गर
मन्दिरलाई गजुर
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
ओइ, मेरी रानीलाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
हजुरकै रानी हुन्, जे भन्नुस्, हजुर
ओइ, जे भन्नुस्, हजुर
के के हुनी यो मनभित्र
के के हुनी यो मनभित्र
तिम्रै माया लाएर विचित्र
मन्दिरलाई गजुर
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
हजुरकै राजा हुन्, जे भन्नुस्, हजुर
होइ, जे भन्नुस्, हजुर

सुवा तम्रा मायामा पर्याछु
सुवा तम्रा मायामा पर्याछु
हाम्रा हुन्छ्यौ भन्ने आस गर्याछु
मन्दिरलाई गजुर
ओइ, मेरी सुवालाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर? (हा)
ओइ, मेरी सुवालाई तँ भनी बोलाऊँ कि भनौँ म हजुर?
तम्रा नै रानी हुन्, जे भन्या, हजुर
ओइ, जे भन्या, हजुर
वाजा, तम्ले भन्या भा मनबाटै
वाजा, तम्ले भन्या भा मनबाटै
तम्री सुवा आइजान्थेँ बनबाटै
मन्दिरलाई गजुर
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
ओइ, मेरो राजाले जे भन्न मन लाग्छ त्यही भन्नुस्, हजुर (हा)
तम्रा नै राजा हुन्, जे भन्या, हजुर
होइ, जे भन्या, हजुर

ए, मेरी सुवालाई के भनौँ, हजुर?
ए, म त तम्रा नै सुवा हुम्, जे भन्नुस्, हजुर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar