आस्तिक म होइन देवीदेवता छैनन् केहीमा नि विश्वास लाग्दैन पाप अनेक मेरा प्वाल र छेद हेर धर्मले कर्म ढाक्दैन पारि छिमेक घरको काका हिजो बित्नुभो मनको कुनामा डाह भो उनका ठाउँ म भए, कालले मलाई लगे हाँसेरै शरण गर्ने थेँ आस्तिक म होइन, देवीदेवता छैनन् केहीमा नि विश्वास लाग्दैन पाप अनेक मेरा, प्वाल र छेद हेर धर्मले कर्म ढाक्दैन पारि छिमेक घरको आँसुले इनार भरियो आज आकाश नि रसायो मरण सजिलो भए, मेरा प्राण नि गए हाँसेरै शरण गर्ने थेँ आस्तिक म होइन, देवीदेवता छैनन् केहीमा नि विश्वास लाग्दैन पाप अनेक मेरा, प्वाल र छेद हेर धर्मले कर्म ढाक्दैन धर्म कर्म, धर्म धाम धर्म तीर्थ, धर्म नै शान धर्म कर्म, धर्म धाम धर्म तीर्थ, धर्म नै शान आस्तिक म होइन, देवीदेवता छैनन् (धर्म कर्म, धर्म धाम) केहीमा नि विश्वास लाग्दैन (धर्म तीर्थ, धर्म नै शान) पाप अनेक मेरा, प्वाल र छेद हेर (धर्म कर्म, धर्म धाम) धर्मले कर्म ढाक्दैन (धर्म तीर्थ, धर्म नै शान)