Kishore Kumar Hits

Swoopna Suman - Sambandha Utsav şarkı sözleri

Sanatçı: Swoopna Suman

albüm: Sambandha Utsav


आज फेरि फर्की आएछ दिन नयाँ
हिजो जे भयो, भोलि के होला सोचेर डराऊँ किन?
पीरहरू भुली सबै रमाऔँ न आज
छुटिएका हात फेरि समाऔँ न आज
दु:ख साटी सुख बाँडौँ आफूहरूमाझ
सबै सँगै हुँदा, हेर न, घर उज्यालो
हर्षको गीत यो गाउँदै आज
मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो
हर्षको गीत यो गाउँदै आज
मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो

आज फेरि म कुर्दै छु तिम्रो नै बाटो यहाँ
साथ सँगै हुँदा समय उडेर जान्छ कहाँ?
जति टाढा उति गाढा सम्बन्ध यो प्यारो
मनै मेरो भरिदिने मीठो तिम्रो हाँसो
तिमी जहाँ-जहाँ त्यहाँ खुशीले डोर्यायो
तिम्रो यादले आज फेरि घर बोलायो
टाढा गएको मेरो मायालाई
पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना
टाढा गएको मेरो मायालाई
पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना

हर्षको गीत यो गाउँदै आज
मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो
टाढा गएको मेरो मायालाई
पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar