कता-कता छौ कुन रूपमा, कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै? पर्खिबसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई आउनू मकहाँ माया तिमी हतारिँदै, बतासिँदै हो-ओ... हो-ओ तिम्रो र मेरो, हाम्रो कथाको शिर्षक 'धैर्य' बनिसकेछ तिमीलाई नदेखी तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ, माया ♪ शिशिरको अँगारले भाकेछ तिम्रो आगमन यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन? शिशिरको अँगारले भाकेछ तिम्रो आगमन यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन? ♪ कता-कता छौ कुन रूपमा, कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै? पर्खिबसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई आउँदैछु माया तिमीकहाँ हतारिँदै, बतासिँदै