Kishore Kumar Hits

Sajjan Raj Vaidya - Naganya Maya şarkı sözleri

Sanatçı: Sajjan Raj Vaidya

albüm: Naganya Maya


उसले तिम्रो हात समायो कि?
तिमीलाई अलिक नजिक ल्यायो कि?
अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?
या अँधेरी आउँदा तिमीलाई अँगालेर निदायो कि?
बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?
उसका आँखाकै अगाडि ओठ नै भिझाउन मिल्ने
कम्बलमुनि बतासिएका ढुकढुकी सुनाउनै मिल्ने गरी

भोलि आकाश गड्गडाए उसैलाई खोज्छौ हाेला
उसकै समुद्रतिर बगी जान्छन् तिम्रा खोला
कल्पनाले भ्याउने जम्मै तिम्रा दिनहरू सबै
उसकै अनुहारले भरी निदाउने गर्छौ होला
उसका ओठकै अगाडि निधारै सजाउन मिल्ने
सिरानीमा सँगेलिएका सपना देखाउनै मिल्ने गरी

परा नै बसेर म माया गरूँला
यही मायाकै खातिर दिनदिनै मरूँला
नगण्य माया यो, तिमीले बिर्सिए
कल्पनाहरू नै साँचेरै बाँचूँला
Hm, म, whoa-oh, whoa-oh
Whoa, म, whoa

उसले तिम्रो हात समायो कि?
तिमीलाई अलिक नजिक ल्यायो कि?
अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar