Kishore Kumar Hits

Sajjan Raj Vaidya - Hyatteri şarkı sözleri

Sanatçı: Sajjan Raj Vaidya

albüm: Hyatteri


तिम्रै खातिर, तिम्रै खातिर...
डा-रा-रन्, डा-रा-रा, रा, रा-रा
ल! यताउता कुरो सन्ने गर्या छु तिम्रो
तिमी त साह्रै निष्ठुरी छौ रे!
Hm, पाइलैपिच्छे अर्को, खोइ, कुन चाहिँ गाउँ-सहरको
कोही ठिटोलाई समाउँदै हिँड्छौ रे
म नि त, म नि त बनूँ तिम्रो ठिटो (ठिटो)
नामसारी गरूँ यो मन तिमीलाई?
लाग्ला कि बिस्तारी तिमीलाई नि माया मेरो!
बेस्सरी नै बाँध न, मलाई-लाई नै राख न
म यसरी नै भइसकेँ पहिले...
बेस्सरी नै बाँध न मलाई एकबाजि अँगालोमा
म त तिम्रै खातिर जिउँदै छु अहिले
तिम्रै नजरमा पल्केर, माया बिजुलीझैँ सल्केर
मेरो छातीमा जल्ने गर्छ जहिले
डा-रा-रन्, डा-रा-रा, रा, रा-रा
टोलभरि भन्छन् रे, "यो केटी अति नै गर्छे
कुन बिचरो फसाउने भो"
ल फसाऊ न खै मलाई, लहै!
ह्यात्तेरी! हेर न, मलाई आँखाले मज्जाले बेर न
खै, परूँ म मायाजालैमा, म नि नाचूँ न तिम्रो तालैमा
ए, ल त नि, म पनि दिऊँ न सबै कुरो (हे)
सम्पत्ति, धन जति सबै तिमीलाई
जूनतारा, संसार चोरी ल्याऊँ म, कान्छी, हे कान्छी!
कान्छी, हे कान्छी!
हे कान्छी, केही त बोल न
हे, मनको कुरा खोल न
हे कान्छी, हे कान्छी
बेस्सरी नै बाँध न (बाँध न) मलाई एकबाजि अँगालोमा (अँगालोमा)
म त तिम्रै खातिर जिउँदै छु अहिले (तिम्रै खातिर जिउँदै छु अहिले)
तिम्रै नजरमा पल्केर (पल्केर), माया बिजुलीझैँ सल्केर (सल्केर)
मेरो छातीमा जल्ने गर्छ जहिले (छातीमा जल्ने गर्छ जहिले)
हे कान्छी!
ह्यात्तेरी! तिमी चाहिँ फेरि किन तर्कीतर्की हिँड्छौ नि?
मायापिरतीदेखि तर्सिन्छौ कि? ए, लाज नमान न
तिम्रो चर्चाको के परवाह? म सक्कली पिरती लाउँला है
तिमीलाई मनमा सजाउँला, कान्छी, अब त मान न
ह्यात्तेरी! तिमी चाहिँ फेरि किन तर्कीतर्की हिँड्छौ नि?
मायापिरतीदेखि तर्सिन्छौ कि? ए, लाज नमान न
तिम्रो चर्चाको के परवाह? म सक्कली पिरती लाउँला है
तिमीलाई मनमा सजाउँला, कान्छी, अब त मान न (कान्छी)
रातको रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजीमाझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर (कान्छी)
कान्छीलाई घुमाउने काठमाडौँ सहर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar