Kishore Kumar Hits

Phsyco - Pragati / Eklopan şarkı sözleri

Sanatçı: Phsyco

albüm: Pragati / Eklopan


If I disappear, like, who cares?
Nobody cares, man, seriously
Yo, and that's okay
That, that's life, okay?
It just passes, it just fuckin', fuckin' passes
Yeah, मेरो छाया र मेरो एक्लोपन
मेरा दुई मित्रहरू, छन् धेरै मात्तेको
अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो
तर एक्लोपन त अझै पनि मेरो साथ नै थियो
तैरिएका छन् भावना, तैरिराछु एक्लै
हतकडीझैँ सपना, कैदी भाछु एक्लै
कोही जान सक्दैनन् त्यहाँ जाने गर्छु एक्लै
अचेल त बानी लाग्यो, खुसी छु म एक्लै
कोही छैनन् मलाई खोज्ने, हराए नि बाल छैन
खोज्दैनन् किन थाहा छ? मो त्यस्तो बबाल हैन
Headphones छ कानमा, गीत सुनिराछु एक्लै
दिमाग ब्रह्माण्ड, म घुमिराछु एक्लै
कहिलेकाहीँ लाग्छ, म एक्लै हुनुको कारण के?
साथीभाइ सबै छन्, भेट्न नि सक्छु आरामले
जान मन छैन कतै, हप्तादिन भो, महिनै
के गरूँ? झैँ भाको छ, अनिश्चित छ भविष्य
सुत्नअघि म सोच्छु, समय सबै खेर गो
भोलिको दिन नि त्यस्तै, फरक के नै छ र हो?
"अर्को वर्ष केही गर्छु," त्यही नै सोचिराथेँ पोहोर
ऐना मुहार हेर्छु, फरक मात्र डन्डीफोर
भीरको टुप्पामा बसी चिच्च्याइराख्न मन छ
सबैले यो गर भन्छ, मो चैँ सोच्छु अन्त
टोलाएका छन् आँखा, सोच्छु किन यस्तो छु
काम छैन केही नि मेरो, खाली छु, म व्यस्त छु
बाँकी छ रुन मात्र, खै के भनूँ? एक्लो छु
पिउन नमिल्ने पानी जस्तो छ नि, त्यस्तै छु
छैन म अरू जस्तो, बेग्लै छु, म यस्तै हुँ
लुकेर छुरा हान्छन्, म छर्लङ्ग देख्दै छु
हराएँ कतै भने खोज्न पनि आउँदैनन्
कोठामै मरे पनि अत्तोपत्तो पाउँदैनन्
थाहा छैन भाको के, आरोप चैँ मलाई लाउँदै छन्
मलाई चैँ लगा भन्छन्, तिनीहरूले लाउँदैनन्
छैन केही गुनासो, यी हाँसोभित्र लुक्न देऊ
आँसु नि झर्न सक्छ, एकछिन चित्त दुख्न देऊ
टिलपिल गर्दै छन् आँखा, चिम्ली रोक्न खोज्छु आँसु
टपक्क गर्दै झर्छन् पग्लेका भावनाहरू
सायद म म नै हैन, आफैलाई नै खोजिराछु
सम्झाउँदै अरूलाई आफ्नै नजरमा दोषी भाछु
आफैलाई सोधिराछु, "खै त तेरो प्रगति?"
माया र साथ दिने जिन्दगीमा छ कति
तिमीले देखेजस्तो छैन मेरो जिन्दगी
तिमीले सोचेभन्दा बेग्लै नै छु म पनि
साथीभाइ हजारौँ छ, एक्लै हुन्छु हरघडी
भविष्य सोच्दा वर्तमानै काम्छ थरथरी
सबैले भन्छन्, "हेर त, त्यल्लाई कति मोज छ"
मो भने मर्दै छु, बाँकी छ छुरा रोप्न
चल्दै छ हातपाउ, मस्तिष्क नै जाम छ
सकाउनु कहिले मैले? लथालिङ्ग काम छ
कहिलेकाहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार भो
कहिलेकाहीँ लाग्छ यो त खालि मेरो विचार हो
कहिलेकाहीँ लाग्छ सबै हुँदाहुँदै रित्तो छु
कहिलेकाहीँ ढिलो लाग्छ, कहिले लाग्छ छिटो छु
कहिलेकाहीँ हाँस्छु तर आँसुहरूलाई सम्झिन्छु
रिस मात्र उठ्छ जहिले, जोसँग नि सन्किन्छु
दोष दिन्न कसैलाई, म आफै एक्लो भाको हुँ
बिर्सेको छैन है, सबैलाई सम्झिराको छु
स्वतन्त्र ठाउँमा छु, सोचाइले बन्दी भाको हुँ
म मरे कोही नरुनू, अहिले भन्दिराको छु
म आफै झुन्डिराको छु, त्यो एक्लोपनलाई खाइसकेँ
ईश्वरलाई सम्झाइदे पुग्यो, सजाय पाइसकेँ
रुवाउँदिन भन्दाभन्दै बाउआमालाई रुवाइसकेँ
परिवार कहिले पाल्ने? यत्रो ठूलो भइसकेँ
थाहा छैन जस्तो गर्छु, दुःख दिने मै त थेँ
बिर्से कि बाउआमाले सुख भन्ने रैछ के
मैले त हाँस्न बिर्सेँ, अरूको नि खोसिदिएँ कि
बाउलाई त वाक्कै पार्थेँ, आमा जहिले हुन्थी रोगी
बिस्तारै झर्ने आँसु मैले ह्वात्तै पोखिदिएँ कि
मनमा त्यही बोझ छ, हाँसेको छैन त्यो दिनदेखि
लामो सास फेर्छु, झर्न दिन्न, अड्काइदिन्छु आँसु
सोचाइमा डुब्छु प्रायः, बिर्सिन्छु म ठ्याक्कै कहाँ छु
रोऊँ कि एक्लै हाँसूँ? कसम! पागल हुनै लाछु
केही छैन नयाँनौलो, झन् पुरानो हुँदै गाछु
साथीभाइ सबलाई हेर्छु, केही न केही त गर्दै छन्
मो मात्र खाली भएँ, बसिराछु घरमै झन्
त्यहीमाथि एक्लोपनमै लाग्न थाल्यो रमाइलो
हुर्केछु कति छिटो, थाहै नपाई समय गो
रातभरि निन्द्रा आउन्न, आँखा नि छ अनिदो
भोलि त पक्कै गर्छु यो पालि त, अति भो
हिजो नि त्यही भन्दै थिएँ, आज नि त्यही भन्दै छु
संसार डुल्ने सपना खै त? म त घरमै छु
कहिलेकाहीँ लाग्छ त्यस्तो केही हैन, म डरमै छु
जीवनका खाली पाना एक्लोपनले भर्दै छु
कहिलेकाहीँ लाग्छ बद्लिएँ म, सायद अर्कै हुँ
छैन केही कमाइ, अझै परिवारकै भरमै छु
बाँच्ने रहर बोकी मो दिनका दिन झन् मर्दै छु
सबैले सोध्छन्, "के छ?" थाहा छैन के गर्दै छु
भोलि के हुन्छ? आज जसोतसो कटाइयो
विश्वास नि लाग्दैन खै आजभोलि कसैको
म एक्लो छैन सायद, यो समस्या सबैको
जिन्दगी यही नै हो कि खेल हो सबै समयको?
दिन आउँछ भन्दाभन्दै गइसक्यो कि मेरो दिन?
दिनहरू गन्दागन्दै आइसकेछ जन्मदिन
कसरी पार्टी दिउम्? बाँकी छ अझै तिर्न ऋण
मेरो जीवन कहानी, दामी बन्छ एउटा फिल्म
सब हुन्छ real scene, मेहनतको त्यति खाँचो छैन
समस्या एउटै छ, हेर्ने म एक्लै, कोही हुँदैन
भीडभाडमा हुँदा पनि बस्ने गर्छु कुनामा
कहिलेकाहीँ हाँस्दै ऐना हेर्छु, अहँ, सुहाइन
आनन्द लाग्छ अचेल लाग्या घाउको दुखाइमा
झुक्केर फोन बज्छ, हेर्छु, तर उठाइन
हावाको स्पर्शमा झरीसँगै रुझ्न मन छ
चाहिँदैन जून मलाई, तारा गन्दै सुत्न मन छ
न मलाई उठ्न मन छ, बस्दा नि भारी बोक्दै छु
मन कुटुकुटु गर्छ, हैन रैछ, नङ टोक्दै छु
टाउकोमा हात मसार्दै रिस आफैलाई पोख्दछु
चुरोट नि सक्यो, फिल्टर तान्न खोज्दा खोक्दछु
मर्न मन छैन, एक्लो हुनबाट रोक्दछु
औषधी लाग्छ गीत, म सुनी एक्लै घोक्दछु
थाहा छ म किन एक्लो छु, तैपनि खुसी छु?
मेरो कोही सुन्दिँदैनन्, सबको कुरा सुन्दिन्छु
त्यसैले कुरा राख्दा झ्याउ नमानी सुन्दिनू
नत्र कि मेरो एक्लोपन र मलाई बुझ्दिनू, peace

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar