Kishore Kumar Hits

Yugal Gurung - Akash Bhari şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Afno Sansaar


आजभोलि कति टाढा लाग्छ
आफूलाई आफैसँग बोल्दा
कहिलेकाहीँ कति स्यानो लाग्छ
यो संसार आकाश हेर्दा
चहकिलो चम्किन्छौ अँध्यारोमा
म खोज्छु आफूलाई तिम्रो किरण समाई
समाई
घडीले दिन्छ समय अगाडि
त्यसैले म हिँड्छु औँला गन्दै घण्टा घटाई
घामजस्तो तिम्रो न्यानो अँगालो म
चाहन्छु म अझै धेरै, सधैँ
तर बादलले ल्याउँछ आकाशको पानी
खुसी छु म आज यो मौसममा तिम्रो लागि
तिम्रो लागि
तिम्रो लागि

सागरपारि बहिरङ्ग छोडी आएछु आफूलाई
अझै बहाना बनाउँछु फेरि फर्किनु
क्षमा गर यो आशा मेरो, भ्रममा नपर्नू है
मेरो स्यानो इच्छा सुनिदेऊ, तिमी तिमी हुनू है
तर सूर्यले बिदा गरी ढल्किन्छ
उज्यालो भई चुमोस् तिम्रो सिरमाथि, तिम्रो आकाशभरि
आकाशभरि
आकाशभरि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar