Kishore Kumar Hits

Yugal Gurung - Kotha şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Afno Sansaar


ढुङ्गा थपी जोड्यौ तिम्रो आफ्नो कोठा, बलियो र अग्लो
आफ्नो छायाभित्र लुकी के पर्खी बस्यौ? के देख्छौ यो संसारलाई?
हावा र पानी छेकी हिँड्यौ तिमी, अदृश्य बनाई आफैलाई

रङ्गहरूबाट टाढा राख्यौ आफ्नो कल्पनालाई
गल्ती नगर्ने प्रयासमा तिमी बाँच्न नबिर्सिनू है
ढोका खोल न, एकैछिन पानीमा आफूलाई भिजाई हेर

सेतो र कालो छुटाउँदै ढिलो नगर
आफ्नो बाटो चिन्न धेरै हिँड्न पर्छ
ए, हुरीबताससँगै खोल न
चर्केको ढुङ्गाबाट सूर्य उदाउँछ आज

आँखा खोल न, रङ्गहरूमा तिमी सपना हेर
तिम्रो मन भिजाउन टुक्र्यौ भने तिमी भोलिमा भुल्नेछौ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar