Kishore Kumar Hits

Yugal Gurung - Afno Sansaar şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Afno Sansaar


शीतल हावा खाँदै कछुवाझैँ हिँड्छु रे
आकाश हेर्दा म कति अल्झी लडेँ
यो संसारलाई बुझिरहेछु म
कति धेरै प्रश्न नसोधी, नबोली गयो
कस्तो यो समय नरोकी अघि बढ्ने?
यो हावालाई लिएर के म अघि बढेछु?
आफूलाई गुमाई तिमीलाई खोजिरहेछु
शब्दहरूले लेखेको यो गीत म गाई
म आफ्नो संसारमा भुलिगएछु
कल्पनाको समुन्द्रमा म लहरमा बगी गएँ
अन्धकारको शून्यतामा भित्ता हेरी लक्ष्य कोरेँ
तिम्रै सम्झनामा भुलेछु म
बतासले बोकी ल्याउँछ ती रङ्गीन कथाहरू
सपनाबिनाको निन्द्रा म बिपनामा पछ्याउँछु
उज्यालो यो किरणलाई आज समाउन देऊ
यो निर्दोष आँखालाई बाटो देखाउन देऊ
चराजस्तै उडी आकाशभरि उमङ्ग फिँजाई
म, अनि झरनासँगै झर्छु म सागरको गहिराइमा
के यही नै हो जीवनको अर्थ यो यात्रामा?
उत्तरको खोजमा नबिथोली अघि बढौँ न
आफूलाई मागेको के? चाहेको के?
बुझेर, सोचेर पाइला सारौँ न
यो हावालाई लिएर के म अघि बढेछु?
आफूलाई गुमाई तिमीलाई खोजिरहेछु
शब्दहरूले लेखेको यो गीत म गाई
म आफ्नो संसारमा भुलिगएँ
ए, म आफ्नो संसारमा भुलिगएछु म
म आफ्नो संसारमा भुलिगएँ
ए, म आफ्नो संसारमा भुलिगएछु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar