टाढाबाट बोलाउँछौ मलाई नियालेर हेर्दा तिमी बिलाउँछौ खोजिरहन्छु, भागिरहन्छु सधैँ जिस्काउँदै बोलाउँछौ अझै उडी जाने तिमी फेरि पछि-पछि म आउँछु पछ्याउँदै तिमीतिर यो चाहनामा हराउँछु छाडी जान्छौ मलाई फेरि ♪ सपनाको ठूला-ठूला सहरमा डुबिरहने मेरो एउटा स्यानो मन खोजिरहन्छु, म भागिरहन्छु सधैँ जिस्काउँदै बोलाउँछौ अझै तर उडी जाने तिमी फेरि पछि-पछि म आउँछु पछ्याउँदै तिमीतिर यो चाहनामा हराउँछु छाडी जान्छौ मलाई फेरि चाहनाहरूमा मेरो भुलाएछु मन बहानाहरू बनाउँदै टाढा भएछु झन् पछि-पछि म आउँछु पछ्याउँदै तिमीतिर यो चाहनामा हराउँछु छाडी जान्छौ मलाई म तिमीभित्र पाउँछु सपनाको एउटा घर म तिमीसँग रमाउँछु छाडी जान्छौ मलाई