Kishore Kumar Hits

Mantra Band - Maya şarkı sözleri

Sanatçı: Mantra Band

albüm: Mantra 20th Anniversary Special Edition


किन-किन तिमी सोच्दा यो संसार रङ्गिन लाग्छ?
किन-किन तिमी देख्दा मन मेरो रमाउछ
बादल झैँ उडी तिमी मै म पुगे हुन्थ्यो
पवन बनि तिमीलाई छुन पाए हुन्थ्यो
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा

किन-किन तिमी हाँस्दा यो संसार उज्यालो लाग्छ
जब तिमी मलाई हेर्छौ मन मेरो अतालिन्छ
कालो तिम्रो केशमा लुक्न म पाए हुन्थ्यो
तिम्रो हृदयमा फूल बनि म फूले हुन्थ्यो
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा
यो हावा, यो झरी, यो आकाश, यो धर्ती
अझै आकर्षित लाग्यो
यी मायाका पलहरू, खुशीका लहरका
अन्तै नहोस् भयो, woah

यो हावा, यो झरी, यो आकाश, यो धर्ती
अझै आकर्षित लाग्यो
यी मायाका पलहरु, खुशीका लहरका
अन्तै नहोस् भयो
माया तिमीलाई दिने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो, woah
यो हृदय तिमीलाई दिने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar