Kishore Kumar Hits

Yogeshwor Amatya - Hairan şarkı sözleri

Sanatçı: Yogeshwor Amatya

albüm: Karai Karle-Rock Yogis


के बसाइँ भो र तिमी सँग
जब तिमी बोल्दैनौ भने
के भनाईं भो र तिमीलाई
मेरै मात्र भावनाहरु
जब तिमी सुनेर पनी नसुनेझै गर्छौ भने
तिम्रो मौनताको कारण मैले बुझ्नै सकिन
के सोधाई भो र जान्छौं की भनी
जब तिमी जादैनौ भने
के छेकाई भो र तिम्रो बाटो
तिमीलाई बस्न मन छैन भने
जाऊ, जहाँ तिमीलाई जान मन लाग्छ
सायद तिम्रो मौनताको कारण यहीँ नै होला
म त हैरान, हैरान, हैरान भैसके
झन तिम्रो दुखहरु सबै लिऊला
साटोमा सुख दिऊला
भनेकै थिएँ, दिएकै थिएँ
झन तिमीलाई आफ्नो सम्झी
मेरा मनका कुरा सबै
पोखेकै थिएँ, दिएकै थिएँ
तर तिमी आफैले चाहिँ कहिले
मलाई आफ्नो सम्झेनौ...
के बसाइँ भो र तिमी सँग
जब तिमी जादैनौ भने
के हेराई भो र तिम्रो अनुहार
तिम्रो झुठो प्रेमले लिपिएको अनुहार
जाऊ, जहाँ तिमीलाई जान मन लाग्छ
सायद तिम्रो मौनताको कारण यहीँ नै होला
म त हैरान, हैरान, हैरान भैसके
तिमीले हैरान, हैरान, हैरान बनायौं

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar