भन तिमीले दिएको वाचा झूट हो भनी भन तिमीले दिएको वाचा झूट हो भनी म पर्खिरहँदिन, म कुरी बस्दिन ♪ दुई मुटुबीच मिलन-बिछोड, यही नै संसारको रीत हो तर कसम खाएर अपूरो छाड्नु त पाप हो भन तिमीले खाएको कसम झूट हो भनी म हत्ते गर्दिन, म कुरी बस्दिन ♪ जन्मपछि लेखिन्छ मृत्यु, यही नै दैवको लेख हो तर कसैलाई आसमा अल्झाउनु जिउँदै मारेझैँ पाप हो भन मेरो जिउँदो लासमा फूल छर्छु भनी म विश्वास गर्दिन, म कुरी बस्दिन ♪ भन तिमीले दिएको वाचा झूट हो भनी भन तिमीले दिएको वाचा झूट हो भनी म पर्खिरहँदिन, म कुरी बस्दिन