Kishore Kumar Hits

Sunil Bardewa - Bhana Meri Priya şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Mero Guitar


भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ?
माया दिऊँ कि जीवनभर साथ दिऊँ?
हे-हे, हे
भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो

जूनतारा टिपेर ल्याउँछु भन्दिन
झूटो आशा दिलाई धोका दिँदिन
तिम्रो लागि ज्यानै दिन्छु म भन्दिन
किनकि तिमीसित सारा जीवन बिताउनु छ
हे-हे, हे
भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो

सोखमा मात्र राख्छु तिम्लाई म भन्दिन
सुख मात्र दिन्छु तिम्लाई म भन्दिन
हरदम तिम्रै साथ रहन्छु म भन्दिन
किनकि यो पापी पेटले माया मात्र भन्दैन
हे-हे, हे
भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो
माया दिऊँ कि जीवनभर साथ दिऊँ?
हे-हे, हे
भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar