जुवारीकोटको उध्र्यौनी, सम्झाउने बिर्साउने हो, सम्झाउने बिर्साउने गाउँको खबर के भन्नु? यस्तै कहानी जोधौँ राजधानी ♪ भुल्नेले, त्यो गाउँ भुली आऊ सम्झिने साइँला छ-अ घँगारु काँडा टेकेनि नदुख्ने पाइला छ बाघभालूसँग लडेर, बाघभालूसँग लडेर बाँचेको माइला छ, हो, बाँचेको माइला छ नमरे बाँचे, हैरानी, सम्झाउने बिर्साउने हो, सम्झाउने बिर्साउने गाउँको खबर के भन्नु? यस्तै कहानी जोधौँ राजधानी ♪ टेकेर आए, नफर्के, त्यही गाउँ धस्किने, हो पटुकी पेटमा कसेर झन् माया पस्किने तैपनि आफू भोको छु, तैपनि आफू भोको छु कहिल्यै नभन्ने, हो, कहिल्यै नभन्ने यति छ आँसु पुछाउनी, सम्झाउने बिर्साउने हो, सम्झाउने बिर्साउने गाउँको खबर के भन्नु? यस्तै कहानी जोधौँ राजधानी जुवारीकोटको उध्र्यौनी, सम्झाउने बिर्साउने हो, सम्झाउने बिर्साउने हो, सम्झाउने बिर्साउने