Kishore Kumar Hits

Prakash Shrestha - Maile Geet Chhodi Aayen şarkı sözleri

Sanatçı: Prakash Shrestha

albüm: My Choice - 1


बरिलै, बरिलै, बरिलै
लैबरी, लैबरी, लैबरी, लैबरी लै

मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ? कहाँ भेटूँ?
कहाँ खोजूँ? कहाँ भेटूँ? कसको परेलीमा?
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ? कहाँ भेटूँ?
कहाँ खोजूँ? कहाँ भेटूँ? कसको परेलीमा?
मैले गीत छोडी आएँ फूलको तरेलीमा

सुनको बिहानी मुस्काउने सानो गाउँ थियो
स्वर्ग हो कि त्यो धर्ती हो, शान्त ठाउँ थियो
सुनको बिहानी मुस्काउने सानो गाउँ थियो
स्वर्ग हो कि त्यो धर्ती हो, शान्त ठाउँ थियो
त्यहीँ फुल्थे गीत मेरा बेलीचमेलीझैँ
कोपिलामा हाँस्थ्यो कोही मेरो सुसेलीझैँ
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ? कहाँ भेटूँ?
कहाँ खोजूँ? कहाँ भेटूँ? कसको परेलीमा?
मैले गीत छोडी आएँ फूलको तरेलीमा

डाँडापारि साँझमा बाटो मेरो हेर्दै
रुँदै छ कि चुपचाप रातमा गीत आँसु छर्दै?
डाँडापारि साँझमा बाटो मेरो हेर्दै
रुँदै छ कि चुपचाप रातमा गीत आँसु छर्दै?
मखमली चोली पनि उसलाई बिझायो कि
लुकीलुकी ताराले उसलाई गिज्यायो कि
मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ? कहाँ भेटूँ?
कहाँ खोजूँ? कहाँ भेटूँ? कसको परेलीमा?
मैले गीत छोडी आएँ फूलको तरेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar