Kishore Kumar Hits

Prakash Shrestha - Bagaidiyau şarkı sözleri

Sanatçı: Prakash Shrestha

albüm: Timi Sanga Dungama - 4


बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
छाडिदियौ बीचबाटोमा कुनै दिन सहारा बनेर
कुनै दिन सहारा बनेर
बगाइदियौ

म डराएँ, म कराएँ पराईमाझमा
म डराएँ, म कराएँ पराईमाझमा
म हराएँ, म बिलाएँ आफन्तमाझमा
दबाइदियौ सास मेरो कुनै बेला प्रेरणा बनेर
कुनै बेला प्रेरणा बनेर
बगाइदियौ

पग्लिएँ, म सल्किएँ आगोको रापमा
पग्लिएँ, म सल्किएँ आगोको रापमा
पिल्सिएँ, म पेलिएँ जाँतोको कापमा
माझिदियौ मुटु सिङ्गै कुनै बेला रगत बनेर
कुनै बेला रगत बनेर
बगाइदियौ बीचधारमा कुनै बेला किनारा बनेर
कुनै बेला किनारा बनेर
बगाइदियौ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar