हे बरै दशै धारा पो नरोए आमा दशै धारा पो नरोए आमा पछि पठाउला तस्बिरै खिचेर कस्तो लेखि नि भाबीले कर्म खोइ न लौ हजुर ♪ हे बरै सबैका आउँछन र सबैका जान्छन सबैका आउँछन र सबैका जान्छन हाम्रा त आमदैनन् कि हाम्रा छोरा नि धावैमा परे कि बिदा पाम्दैनन अ हर्मिन बाजा नि हातको भरमा रेश फेर्दैनन अ राजाको हुकुम लौ नपाइनि छुट्टी राजाको हुकुम लौ नपाइनि छुट्टी भनेको बेलैमा धरती चिरी नि बास निस्कियो बासको छोरा तामा दुश्मनको गोलि नि सिरैमा ला'उँदा सम्झ्यो बाउ आमा सम्झ्यो बाउ आमा अशिना जस्ता नि गोलीले रणमा परि मरेछन लाहुरे बिरहले ति लाहुरे दाइ घर हिंड्यो हजुर बिरहले ति लाहुरे दाइ घर हिंड्यो हजुर ♪ हे बरै आमाले सोध्लिननी खै छोरा भन्लिन् रज है खुल्यो भन्दिए रज है खुल्यो भन्दिए बाबाले सोध्लानी खै छोरा भन्नलान् रण जित्दैछन भन्दिए रण जित्दैछन भन्दिए दाजैले सोध्लान नि खै भाई भन्लान् अंशै बढ्यो भन्दिए अंशै बढ्यो भन्दिए भाइले सोध्लाननी खै दाजै भन्लान् घेरमा परे भन्दिए घेरमा परे भन्दिए दिदीले सोध्लिननी खै भाई भन्लिन् चोली घट्यो भन्दिए चोली घट्यो भन्दिए बैनीले सोध्लिननी खै दाजै भन्लिन् माइति घटे भन्दिए माइति घटे भन्दिए छोराले सोध्लाननी खै बाबा भन्लान् टोपि झिक भन्दिए टोपि झिक भन्दिए छोरीले सोध्लिननी खै बाबा भन्लिन सुन चुराको दान दिए सुन चुराको दान दिए प्रियाले सोध्लिननी खै स्वामी भन्लिन बाटो फूक्यो भन्दिए बाटो फूक्यो भन्दिए भाउजुले सोध्लिननी खै देवर भन्लिन् खसी काट भन्दिए खसी काट भन्दिए बटाैलीको बजारमा, चार-पैसाको लाहा छैन शिरको स्वामी स्वर्गे हुँदा, घर बस्नेलाई थाह छैन सिशै काट्यो गोलीले रणमा परि मरेछन लाहुरे बाबा रुन्छन वर्ष दिन आमा जुगै भरि लौ हजुर बाबा रुन्छन वर्ष दिन आमा जुगै भरि लौ हजुर बाबा रुन्छन वर्ष दिन आमा जुगै भरि लौ हजुर