Kishore Kumar Hits

Gopal Yonjan - Lekhideu Timro Nam şarkı sözleri

Sanatçı: Gopal Yonjan

albüm: Chitra Mala, Vol. 2


लेखिदेऊ मेरो नाउँ तिम्रो कलेजीमा, तिम्रो कलेजीमा
राखिदेऊ मेरो सपना तिम्रो परेलीमा, तिम्रो परेलीमा
पाइला किन पर लान्छौ प्रीत नगिचै छ
यो मुटुमा गुञ्जिएको गीत अधुरै छ
हो, पाइला किन पर लान्छौ प्रीत नगिचै छ
यो मुटुमा गुञ्जिएको गीत अधुरै छ
जोबन फेरि भर पर्दैन् जतन गरी साँच
मेरो हजुर बिन्ती गर्छु रिसाएर हाँस
लेखिदेऊ मेरो नाउँ तिम्रो कलेजीमा, तिम्रो कलेजीमा
बास्ना रोक्न सकिँदैन फूल फूलेपछी
माया भुल्न सकिँदैन दिल मिलेपछी
हो, बास्ना रोक्न सकिँदैन फूल फूलेपछी
माया भुल्न सकिँदैन दिल मिलेपछी
आवेशमा नआएर राम्रो मान्छे रोज
लामो जीवन बिताउनु छ प्यारो साथी खोज
लेखिदेऊ मेरो नाउँ तिम्रो कलेजीमा, तिम्रो कलेजीमा
ढुङ्गा पनि देवता हुन्छ पूजा गरेपछी
मेरो ईश्वर तिमी नै हौ, शिर झुकेपछी
हो, ढुङ्गा पनि देवता हुन्छ पूजा गरेपछी
मेरो ईश्वर तिमी नै शिर झुकेपछी
अङ्गालो स्वर्गभित्र रमाएर बाँचौ
काँडाहरु पन्छाएर फूलमाथि नाँचौ
लेखिदिन्छु तिम्रो नाउँ मेरो कलेजीमा, मेरो कलेजीमा
राखिदिन्छु तिम्रो सपना मेरो परेलीमा, मेरो परेलीमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar