Kishore Kumar Hits

Ram Thapa - Sasu Jwain şarkı sözleri

Sanatçı: Ram Thapa

albüm: Lok Suseli


निन्द्रा छैन दिनमा न रातीमा
जवान छोरी, जवान छोरी छ मेरो छातीमा
यो मन छैन थिर, मलाई दिनरात सधैँ पिरैपिर
तिम्रो पिर पठाइदेऊ मतिर
तिम्रो पिर पठाइदेऊ मतिर, देऊ छोरी
देऊ छोरी, ज्वाइँ हुन मञ्जुर
त्यो मन गर थिर, ए, त्यो मन गर थिर
बुढेसकालैमा लिनु हुन्न पिर
बुढेसकालैमा लिनु हुन्न पिर
तिमी छौ कि सम्पती ताक्ने
तिमी छौ कि (छैन-छैन) सम्पती ताक्ने
स्वास्नी भन्दा (ल-है, ल-है)
स्वास्नी भन्दा (ल-है) धन प्यारो लाग्ने
गोरु व्याउँदैन, गोरु व्याउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन

देऊ छोरी, ल-है, सम्पत्ति चाईदैन
देऊ छोरी, सम्पत्ति चाईदैन
यस्तो केटो, ए-होई-होई
यस्तो केटो संसारमै पाउँदैन
कटर-कटरमा, ए, कटर-कटरमा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
छोरी भर्खर १६ मा लागेको (ल-है)
छोरी भर्खर १६ मा लागेको (हो-र)
तिमी हेर्दा, तिमी हेर्दा ३५ नै नाघेको
गोरु व्याउँदैन, गोरु व्याउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन

उमेरैको, ल-है, हिसाबै नगरे
उमेरैको हिसाबै नगरे
यो ज्यान पनि, ए-होई-होई
यो ज्यान पनि उम्केला होस् गरे
कटर-कटरमा, ए, कटर-कटरमा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
छोरी मेरी (कस्ती?) सुनगाभा फूलसरी
छोरी मेरी (हो-र?) सुनगाभा फूलसरी
बाँदर लाए (के-रे,के-रे)
बाँदर लाए सुवाउँदैन केइगरी
गोरु व्याउँदैन, गोरु व्याउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन
ऐले मलाई बाँदरै बनाउँछेऊ
ऐले मलाई बाँदरै बनाउँछेऊ
लान्छु छोरी, लान्छु छोरी
ज्वाइँ भन्दा चाल पाउछ्यौ
कटर-कटरमा, ए, कटर-कटरमा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
तिम्रो स्वाउँदो ज्वाइँ आयो motor मा
तिम्लाई ज्वाइँ भन्न त्यति सुवाउँदैन
तिम्रो झिल्के ज्वाइँ आयो motor मा
तिम्लाई हाम्रो ज्वाइँ भन्न सुवाउँदैन
तिम्रो कान्छो ज्वाइँ आयो motor मा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar