Kishore Kumar Hits

Ram Thapa - Joor Joor Madal şarkı sözleri

Sanatçı: Ram Thapa

albüm: Chautarima


जोरजोर मादल घन्काउँदै, पाखा र पर्वत रन्काउँदै
जोरजोर मादल घन्काउँदै, पाखा र पर्वत रन्काउँदै
लेक र बेसी बिउँझाउँदै, झ्याउरे भाकामा गाउँदै
आएँ म त, मायालु, माया र पिरती लाउँदै
आएँ म त, मायालु, माया र पिरती लाउँदै
हो, माया र पिरती लाउँदै

सुनकोसीको तीरैमा सानो, है, घरबार बसाउँला
सुनकोसीको तीरैमा सानो, है, घरबार बसाउँला
मीठो र पीठो जे पाउँला, चोखो, है, मनले खाउँला
दुई दिनको चोला यो हाँसी र खेली बिताउँला
दुई दिनको चोला यो हाँसी र खेली बिताउँला
हो, हाँसी र खेली बिताउँला

वनैमा उड्ने चरीले कहाँ पो बसी रुन्छ र?
वनैमा उड्ने चरीले कहाँ पो बसी रुन्छ र?
दुःख र सुख कर्मको खेल, देखेको कसले हुन्छ र?
हाँसौँ, खेलौँ, मायालु, मरेरै लानु पो के छ र?
हाँसौँ, खेलौँ, मायालु, मरेरै लानु पो के छ र?
हो, मरेरै लानु पो के छ र?
हो, मरेरै लानु पो के छ र?
हो, मरेरै लानु पो के छ र?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar