Kishore Kumar Hits

Ram Thapa - Dhankuta Bajar şarkı sözleri

Sanatçı: Ram Thapa

albüm: Chautarima


धनकुटा ज्यानको त्यो ठाडो बजार बिहीबारै हाट लाग्ने
बिहीबारै हाट लाग्ने, मेरी मायाँ, बिहीबारै हाट लाग्ने
फकाउँदाखेरि मान्दिनौ मैयाँ भगाउँ त बात लाग्ने
भगाउँ त बात लाग्ने, मेरी माया, भगाउँ त बात लाग्ने
पहाडमा बस्ने पहाडी हामी जालझेल जान्दैन
जालझेल जान्दैन, मेरी माया, जालझेल जान्दैन
हित र चित्त नमिलेसम्म कसैलाई लाँदैन
कसैलाई लाँदैन, मेरी माया, कसैलाई लाँदैन

काठमाडौं ज्यानको घुमाउरो बाटो कुल्लीले खनेको
कुल्लीले खनेको, मेरी माया, कुल्लीले खनेको
लहरे बोडी, हाम्रो दुई जोडी, भेट गर्न बनेको
भेट गर्न बनेको, मेरी माया, भेट गर्न बनेको
कोदारी ज्यानको तातो है पानी नेपालको सिमाना
नेपालको सिमाना, मेरी माया, नेपालको सिमाना
तिम्रो र हाम्रो मन मिल्यो भने के गर्छ जमाना
के गर्छ जमाना, मेरी माया, के गर्छ जमाना

हातैमा लाउने चालिसे चूरा कानैमा कानपासा
कानैमा कानपासा, मेरी माया, कानैमा कानपासा
बोलाउँदा खेरि बोल्दिनौ मैयाँ नबोले झन् खासा
नबोले झन् खासा, मेरी माया, नबोले झन् खासा
सानोमा सानो बेतैको लौरी गाईभैँसी धपाउँला
गाईभैँसी धपाउँला, मेरी माया, गाईभैँसी धपाउँला
तिमी है जस्ती नक्कली मैयाँ अर्की नै फकाउँला
अर्की नै फकाउँला, मेरी माया, अर्की नै फकाउँला
अर्की नै फकाउँला, मेरी माया, अर्की नै फकाउँला
अर्की नै फकाउँला, मेरी माया, अर्की नै फकाउँला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar