जुनी जुनी तिम्रै हुन्छु भन्थ्यौ पहिले तिमी हो, जुनी जुनी तिम्रै हुन्छु भन्थ्यौ पहिले तिमी दुई किनाराझैँ भई छुट्यौँ अहिले हामी मलाई एक्लो बनाउन खै कसको मनमा सरिछ्यौ? मलाई एक्लो बनाउन खै कसको मनमा सरिछ्यौ? तिमी मेरो हुनुपर्ने हो तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ तिमीलाई चोट लाग्दाखेरी भन्थ्यौ मलाई दुख्छ हो, तिमीलाई चोट लाग्दाखेरी भन्थ्यौ मलाई दुख्छ केही चाहिन्न अरु मलाई, तिमी भए पुग्छ मेरो मुटु टुक्र्याउन खै कसको साथ खोजिछ्यौ? मेरो मुटु टुक्र्याउन खै कसको साथ खोजिछ्यौ? तिमी मेरी हुनुपर्ने हो तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ हात समाई सँगसँगै हिँडेका ती दिनहरु हो, हात समाई सँगसँगै हिँडेका ती दिनहरु अँगालोमा बाँधिएर हराएका क्षणहरु पलभरलाई रमाउन खै कसको हात थामिछ्यौ? पलभरलाई रमाउन खै कसको हात थामिछ्यौ? तिमी मेरी हुनुपर्ने हो तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ तर अर्कैको अँगालोमा परिछ्यौ