कुनै मोडमा, कुनै पलमा त भेट्छौँ होला हामी हेरी मलाई हाँसिदिन्छौ, कि जान्छौ आँखा तरी? कुनै मोडमा, कुनै पलमा त भेट्छौँ होला हामी हेरी मलाई हाँसिदिन्छौ, कि जान्छौ आँखा तरी? जीवन कस्तो हो यो क्षणभरमै बद्लिदिने? हिजोसम्म आफ्नो भनी अँगालोमा समाई मायाका कुरा गर्थ्यौँ तर आज एक अर्काको बारे सबै जानेर नि पराई बनी गयौँ ♪ कुनै मोडमा, कुनै पलमा त भेट्छौँ होला हामी हेरी मलाई हाँसिदिन्छौ, कि जान्छौ आँखा तरी? कथा जो पूरा हुनुथ्यो, अधूरोमा नै रह्यो लेखिएन भविष्य, मसी नै त सकिएछ कोर्दाकोर्दै हाम्रो कथा अन्तिमसम्म हुने साथ थियो तिम्रो मेरो बात, सोचेझैँ नहुने रैछ कुनै मोडमा, कुनै पलमा त भेट्छौँ होला हामी