कोरेछु चित्र तिम्रै, तिमी हाँसिदेऊ ♪ पोखेको शब्द समेट्दै छु, सुनिदेऊ ♪ नाता यो चित्तको आँखाले नै बुझिदेऊ ♪ बुझाउनै सकिन, इशाराले नै बुझिदेऊ ♪ नहोला तिम्रो सपनाको मायालु म
निन्द्राले सताए लोरी सुनाइदिन्छु म
नसकुँला तिमीलाई फूलले सजाउन तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म ♪ तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ ♪ सात जुनी बिताउने कसम पो खाएको
हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको ♪ नहोला ठूला महल जत्रै घर यो सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
नसकुँला तिमीलाई फूलले सजाउन तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म ♪ नहोला तिम्रो सपनाको मायालु...