ढाका टोपी छ शिरमा, आहा! पल्लो घरको कान्छी छ दिलमा माती हिँड्छु म एक्लै भीडमा हल्ला गर्छु म बेग्लै पिरमा म हूँ नेपाली मेरै ताल हो गर्छु आफ्नो काम आफैँलाई हो जसले जे गर्यो त्यो भूतकाल हो अब केही गर्छु मेरो पालो ♪ ढाका टोपी छैन शिरमा पल्लो घरको कान्छी गई पोइला चुपै बस्छु म आजकल भीडमा देशै छोड्छु कि यसकै पिरमा म हूँ नेपाली मेरै ताल हो गर्छु आफ्नो काम आफैँलाई हो जसले जे गर्यो त्यो भूतकाल हो अब केही गर्छु मेरो पालो ♪ ढाका टोपी शिरैमा चन्द्र र सूर्य छ दिलैमा ढाका टोपी शिरैमा गर्न खोज्या केही कुरा मिल्दैन ढाका टोपी छैन विदेश जान्छु कि बेलैमा ढाका टोपी छैन हाम्रो राहदानी कसैले गन्दैन