Kishore Kumar Hits

The Elements - Upahar şarkı sözleri

Sanatçı: The Elements

albüm: Urja


सङ्कोचै नमान तिमी
बग्दै म तिमीलाई नै खोज्छु
अन्त्यमा दिन गन्दै बस्ने
पहाडबीचमा हुस्सु खेलाउने
बिहान रूखका फेदमा रमाउने
साँझ जून उदाउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

संयोग नै होला भेटेको
परावर्तन तिम्रै नै देख्छु
सुरुका दिन जिउँदै बिताउने
हरिया फाँटमा पाइला दौडाउने
आकाशका चरासँग बोल्ने
साँझ घाम अस्ताउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar