Kishore Kumar Hits

Albatross - Awaz şarkı sözleri

Sanatçı: Albatross

albüm: Jo Jas Sanga Sambandhit Chha


किन दङ्ग परेको, हँ?
आवाज यो के आयो एकाबिहान?
झस्काई छोड्यो मलाई एकाबिहान
कुकुर भुक्यो भनी बाहिर हेरेँ
सुति पो राछ, मोरो, भुँडी फुलाई
बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो
नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु

आवाज फेरि आयो धूलो उडाउँदै
झस्काई छोड्यो मलाई गाडी गुडाउँदै
सम्हाली आफूलाई फर्केर हेरेँ
जिस्काई गयो, मोरो, जिब्रो निकाली
बगेको खोला पनि फर्केर आउला
डुबेको घाम पनि फेरि उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाई अनि गज्रिँदै फुट्यो
नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु

नसोध मलाई, थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेँ, खै कसरी तर
तर बाटो नै हराएछु
सक्दिन नभन, आजको कालमा
नहुने नै के छ र?
Ooh, ooh

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar