यो कस्तो अनौठो! जति-जे गरे नि एउटै परिणाम नगर्न नि गाह्रो सम्झना आउँछ त्यही अनुहार मानवता हराएको सूचना म दिऊँ कसलाई? कोही छ? सुनिलेऊ मेरो गुनासो यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो ♪ यो कस्तो अनौठो! जे छैन, त्यसकै खोजीमा किन? बिताउँछौ यो छोटो समय भनाउँदो फेरि फर्किन्न सभ्यता बिलाएको सूचना म दिऊँ कसलाई? कोही छ? सुनिलेऊ मेरो गुनासो यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो ♪ यो समय फर्केर आउला भनी पर्खी बसेँ फर्की आई सब मिलाउला भनी पर्खी बसेँ बुझेनौ भावना मेरो बुझेनौ भावना मेरो