Kishore Kumar Hits

Albatross - Asha Nirasha şarkı sözleri

Sanatçı: Albatross

albüm: Raat Ko Rani


के खोज्यौ तिमीले यहाँ? के आशा राखेछौ फेरि?
यी दु:ख-सुख सबै हुन संसारका रीति
समयले सम्झाउला तिमीलाई केही इतिहासका कुरा
तर तिमी सम्झिनू र बुझ्नू
यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही
तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै
के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी
यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि

हेर्दै छन् हरेक पाइला नियाली अनुभवी आँखा
पाएछौ के नै फेरि, नयाँनौलो सोच राखी?
खोताल्लान समयले फेरि ती अतीतका कुरा
तर तिमी सम्झिनू र बुझ्नू
यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही
तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै
के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी
यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि
यी आशा-निराशा, सबैका समस्या हुँदैन सजिलै केही
तिमी बुझ, सोच, अँगाल, नियाल उत्तरदायी धेरै
के होला-नहोला, त्यही बहानामा नअल्झिराख तिमी
यी आशा-निराशा, सबैका रहस्य खुल्दैन कहिले पनि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar