छोटो होला यात्रा भोलि, लक्ष्य सानो नै छ हार कतै नमाने पनि जीत अधुरै छ मेरो सपना के होला खै आत्ति सकेँछु आउने दिनहरू सम्झी थाकि सकेँछु, हु भरोसा गर्नु खै कसको? देखि सकेँछु मानिस-मानिस लडाएर हाँस्ने संघर्षको पाइला मेरो मेटाउछु जति देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य ♪ आफैले आफैलाई खोज्दै छु जहाँ असफलताले सधैं पिरोल्छ यहाँ अनन्त छ, पाइला छोड्ने छैन लक्ष्य मेरो अविस्वाशलाई तोड्दै पुग्छु मेरो आफ्नै गन्तव्य भरोसा गर्नु खै कसको? देखि सकेँछु मानिस-मानिस लडाएर हाँस्ने संघर्षको पाइला मेरो मेटाउछु जति देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य मेरो गन्तव्य, आफ्नै गन्तव्य मेरो गन्तव्य मेरो गन्तव्य, आफ्नै गन्तव्य मेरो गन्तव्य