कसरी सम्झाऊँ तिमीलाई भुलेको छैन भनेर? त्यति निष्ठुरी छैन मेरो मन, तिमीलाई भुल्ने पलपल तिम्रो सम्झनामा रात र दिन कराई हिँड्छु सक्दिन म तिमीदेखि टाढा, टाढा जान ♪ प्रत्येक समयमा तिमीलाई कल्पिरहेको हुन्छु म तिम्रै यादमा यही गीत गुनगुनाइरहन्छु साँझपख तिम्रै भावनामा भुलिरहेको हुन्छु म तिम्रै भावमा केही शब्द कोरिरहन्छु म ♪ सधैँ-सधैँ तिमी किन मेरो मन दुखाउन खोज्छौ? थाहा छ तिमीलाई म त केवल तिम्रो नै हो हरपल, हरक्षण तिम्रो नै सामु उभिरहन्छु तर तिमी मलाई किन भन्छ्यौ, "टाढा तिमी जाऊ"? अब दु:ख नदेऊ, तिमी पीडा नदेऊ, तिमी आँसु नदेऊ मलाई तिमी मेरो नै, म तिम्रो नै सधैँ-सधैँलाई सधैँलाई, सधैँलाई सधैँलाई, सधैँलाई