आज मेरो देशको मन रोएको छ अशान्तिको पीडाले मुटु छोएको छ हे बुद्ध, आऊ न मेरो नेपालमा शान्ति फर्काउन हे बुद्ध, आऊ न मेरो नेपालमा शान्ति फर्काउन शान्ति फर्काउन ♪ हेर न, मेरो हिमाल सिर झुकाई बसेको छ भन न, मेरो नदी किन नसुसाई बगेको छ? उड्दैनन् परेवा मेरो आकाशमा गाउँदैनन् कोइली मेरो जङ्गलमा शान्ति, आऊ न मेरो तराईमा मयूर नचाउन हे बुद्ध, आऊ न मेरो यो देशमा शान्ति फर्काउन शान्ति फर्काउन ♪ हेर न, मेरो पहाडमा गुराँस फुल्न छाडेको छ हेर न, मेरो हिमालबाट डाँफे-मुनाल भागेको छ बज्दैनन् बाँसुरी मेरो पाखमा झुल्दैनन् धान मेरो फाँटमा हे बुद्ध, आऊ न मेरो यो देशमा शान्ति फर्काउन हे बुद्ध, आऊ न मेरो यो देशमा शान्ति फर्काउन शान्ति, शान्ति फर्काउन शान्ति फर्काउन शान्ति फर्काउन ♪ शान्ति फर्काउन