छैन केही ढाँटेको तिमीलाई छैन केही लुकाएको तिमीलाई अझै पनि विश्वास गर्दैनौ भने किन मेरो मायालाई झुक्याएछौ? आई हेर छातीभित्र, तिम्रो नै माया छ सुनी हेर धड्कनलाई, तिम्रो नै आवाज छ जल्नैपरे जलिदिन्छु, मर्नैपरे मरिदिन्छु झूटो भएछैन भन तिमीभित्र मेरो माया तड्पाउन खोज्छौ कति? रिसाएर सताउँछौ किन? म हारेँ तिम्रो मायामा, अब त साथ देऊ न भूल भयो माफ गर, मेरी माया, तिमी तर झूटो माया नदेऊ ♪ रुन्छु म एकान्त रातमा देखेर पनि नदेखेझैँ गर्दाखेरि तिमी भुल्छु म हाम्रा ती झडप-दिनहरू जब तिमी मेरो सामु आउँदाखेरि फेरि चाहन म अरूलाई सक्दिन फेरि सहन म सक्दिन पनि फेरि झूटो माया नदेऊ जल्नैपरे जलिदिन्छु, मर्नैपरे मरिदिन्छु झूटो भएछैन भन तिमीभित्र मेरो माया तड्पाउन खोज्छौ कति? रिसाएर सताउँछौ किन? म हारेँ तिम्रो मायामा, अब त साथ देऊ न भूल भयो माफ गर, मेरी माया, तिमी तर झूटो माया नदेऊ