Kishore Kumar Hits

The Edge Band - Yo Saath şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Yo Saath


यो साथ सधैँलाई यस्तै रहोस्
तिमी याद मेटाइ नदिनू
कसरी लेखूँ शब्द म मुटुको वाचा कोरेर?
मदेखि टाढा नजाऊ न सम्झना हाम्रो तोडेर
सकुँला के जिउन म
अब तिमीलाई बिर्सेर म?
अँगालोमा तिमीलाई नै खोज्दो रहेछु म
एक्लै हुँदा बेहोसीमा पनि
आऊ सुन यो धड्कन सधैँझैँ
तिम्रै माया छ जुनीभरिलाई
आऊ हेर यो निश्चल आँखा नै
जहाँ तिमीले पाउँछौ आफैलाई
कसम छ मेरो तिमीलाई
सक्दिन एक्लै अब म जिउनलाई
कसरी लेखूँ शब्द म मुटुको वाचा कोरेर?
मदेखि टाढा नजाऊ न सम्झना हाम्रो तोडेर
सकुँला के जिउन म
अब तिमीलाई बिर्सेर म?

अँध्यारोमा तिमीलाई नै सोच्दो रहेछु म
कता-कता हराउँदा पनि
आऊ बाँधिराख मलाई मायामै
कहाँ भुल्न सक्छु र यो यादलाई
साथ तिमी नहुँदा म अधूरै
छैन भरोसा गर्नु त कसैलाई
कसम छ मेरो तिमीलाई
सक्दिन एक्लै अब म जिउनलाई
कसरी लेखूँ शब्द म मुटुको वाचा कोरेर?
मदेखि टाढा नजाऊ न सम्झना हाम्रो तोडेर
सकुँला के जिउन म
अब तिमीलाई बिर्सेर म?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar