दिन होस् या रात, बिहानी हो या साँझ तिमीलाई भुल्न म सक्दिन बादलुको माझ सम्झन्छु तिम्रो साथ आफैलाई थाम्न म सक्दिन थाम्न म सक्दिन के छाप छोड्यौ तिमीले? बहार छैन मनमा रित्तो-रित्तो छु आज म, उत्साह छैन तनमा दिन होस् या रात, बिहानी हो या साँझ तिमीलाई भुल्न म सक्दिन ♪ रङ्गीन छ मौसम, रङ्गीन छ यौवन तिमीलाई भन्न म सक्दिन शून्यताको गीत, विवशताको प्रीत आफैलाई सुनाउन म सक्दिन सुनाउन म सक्दिन उपहार के दियौ तिमीले? हाँसेर रोएको छु अधुरो छु आज म, यादमा जिएको छु दिन होस् या रात, बिहानी हो या साँझ तिमीलाई भुल्न म सक्दिन ♪ के छाप छोड्यौ तिमीले? बहार छैन मनमा रित्तो-रित्तो छु आज म, उत्साह छैन तनमा