Kishore Kumar Hits

The Axe - Dhanyabaad şarkı sözleri

Sanatçı: The Axe

albüm: Vadaas


थाहै नपाई समयको चक्र त धेरै घुमेछ
हिजो जस्तो लाग्छ यात्रा हामिले सुरु गरेको
तीन महिना भन्दाभन्दै बर्षौ बितेछ
सुरु देखि आज सम्म हामिले साथ पाएको
धन्यवाद छ यहाँ हरुलाई
हौसला अझै चाहिन्छ हामिलाई
पुराना ती याद अझै ताजा नै छ
सुख दुखका ती पल झनै गाढा नै छ
हिजोका ती मायाहरु बढेर आज
नङ र मासु को झै सम्बन्ध बनेको छ
राम्रा नराम्रा सबै पक्ष हरु हाम्रो केलाई दिएर
कठिन यात्रा पार गरेर आज यहाँ आइपुग्यौ
धन्यवाद छ यहाँ हरुलाई
हौसला अझै चाहिन्छ हामिलाई
पाइला हाम्रो शिखर तिर लम्कदै छ
लक्ष्य धेरै नजिक बाटै चम्कदै छ
अझै... कोशेली को साथमा
यात्रा यो निरन्तर हाम्रो चली नै रहनेछ
यसैगरि यो न्यानो माया हामिले पाइरहौ
कहिल्यै कमि नआउने अटुट साथ यस्तो सधै रहोस
थाहै नपाई समयको चक्र त धेरै घुमेछ
हिजो जस्तो लाग्छ यात्रा हामिले सुरु गरेको
तीन महिना भन्दाभन्दै बर्षौ बितेछ
सुरु देखि आज सम्म हामिले साथ पाएको
धन्यवाद छ यहाँ हरुलाई
हौसला अझै चाहिन्छ हामिलाई
धन्यवाद छ यहाँ हरुलाई
हौसला अझै चाहिन्छ हामिलाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar