Kishore Kumar Hits

Karma Band - Yastai şarkı sözleri

Sanatçı: Karma Band

albüm: Love Songs


यस्तै कति रात सम्झेँ
आँखाको निन्द्र पर हुन्थ्यो, मेरो मुटुलाई
तिमीले छोए हुन्थ्यो
यस्तै कति दिन पर्खे, आँखा त सधैँ बाटोमा
एक दिन त आउँछौ भनि कुर्थेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

कति पल्ट तिमीलाई बाटोमा देख्दा
कति पल्ट तिमीलाई बाटोमा देख्दा
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
तिमीले अन्जानमा हेरी हाँसी दिँदा
म सम्झी-सम्झी एक्लै टोलाउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

तिमीलाई सम्झी यसो कतै हराउँदा
तिमीलाई सम्झी यसो कतै हराउँदा
शीतल हावाले मेरो मुटु छुन्थ्यो
शीतल हावाले मेरो मुटु छुन्थ्यो
अनि तिमीले मलाई अँगाले झैँ लाग्थ्यो
सोची सधैँ, एक्लै रमाउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar